डिभिजन टु क्रिकेटमा सहभागी भएर नेपाली टोली आज स्वदेश फिर्ता

माघ १२,काठमाडौँ – नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । डिभिजन क्रिकेटमा सहभागी टोली सोमबार दिउँसो स्वदेश फर्किएको हो । प्रतियोगितामा नेपालले ३ खेल जितेको थियो भने तीन खेलमा पराजित भएको थियो ।
पहिलो खेलमा युगाण्डासँग पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा केन्यासँग पराजित भएपछि डिभिजन वानमा पुग्न सकेन भने तेस्रो स्थानको प्लेअफमा पनि केन्यासँगै १५ रनले पराजित हुँदै चौथो भएको थियो ।
यद्धपि अन्तराष्ट्रिय क्रिकेट परिषदले नेपाल र केन्यालाई डिभिजन वानको मान्यता दिने तयारी गरेको छ । त्यसको औपचारिक निर्णय यसैसाता दुबईमा बस्ने आइसीसी कार्यसमितिले निर्णय गर्नेछ ।