सरकारको ग्यास अभियान आज पनी जारी

माघ १२, काठमाडौं- ब्यबसायी र बिचौलीयाले ग्यासमा गरेको अनियमितताका आफैले उपभोक्तालाई ग्यास वितरण गर्ने बताएको सरकारले आज पनी नेशनल ट्रेडिङबाट खाना पकाउने ग्यास बिक्री गर्दैछ । हिजो करिब ४ हजार सिलिण्डर वितरण गरेको आयल निगमले आज त्यो भन्दा केही संख्या बढाउने बताएको छ । टेकुमा रहेको नेशनल ट्रेडिङ लिमिटेडको केन्द्रीय कार्यालयबाट २३ वटा कम्पनीका ग्याँस बिक्री भइरहेको आयल निगमले जनाएको छ । हिजो खासै ब्यबस्थित नगरीएको वितरण प्रणलीप् आजबाट भने ब्यबस्थित गरिने बताइएको छ । यसैबिच अर्को महिनादेखि मासिक ३० हजार मेट्रिक टन ग्याँस आयात हुने हुनाले सर्वसाधारणले सहज रुपमा ग्यास पाउने सरकारले जनाएको छ ।