क्यानका कार्यबाहक अध्यक्ष शाहको मृत्यु

माघ १२ ,काठमाडौं- नेपाल क्रिकेट संघ क्यानका कार्यबाहक अध्यक्ष टीबी शाहको मृत्यु भएको छ । लामो समय बेलायतमा उपचार गराएर स्वदेश फर्केका शाह को गएराती राजधानीको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ । झन्डै पाँच दशकदेखि सक्रिय रुपमा नेपाली क्रिकेटमा आबद्ध शाहका २ छोरी र श्रीमती छन् । लामो समय क्रिकेटमा सक्रिय रहेका शाह पछिल्लो समय स्वास्थ्यका कारण केही निस्क्रिय विस्क्रिय थिए । शाहको भोली मात्रै अन्त्योष्टी गरिने परिवारले जनाएको छ ।