एम्बुलेन्सले किचेर एकको मृत्यु

माघ १२ , विराटनगर- विराटनगरमा एम्बुलेन्सले किच्दा एक जनाको मृत्यु भएको छ । को१च ७३७९ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिएर किचेपछि मोरङका इन्द्र रसाइलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एम्बुलेन्स व्याक गर्ने क्रममा रसाइली एम्बुलेन्सको चक्काको तल परेका थिए । गम्भीर घाइते भएका रसाइलीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । हाल एम्बुलेन्स चालक दुलाल साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।