वृहत जनसभा गर्ने तयारीमा एमाले

माघ १२,काठमाडौँ – प्रमुख प्रतिपक्षी एमाओवादीको मोर्चाका कारण निर्धारित समयमा संविधान आउन नसकेको बताउँदै आएको एमालले जतिसक्दो छिटो संविधान ल्याउने तयारीमा लागेको जनाएको छ । निर्धारित समयमा जनतालाई संविधान दिन नसकेपछि अब जनतालाई ढाँट्न नहुने र छिटो संविधान दिने तयारीमा रहेको एमालले आफ्ना सभासदलाई गाउँगाउँमा गएर वृहत जनसभा गर्ने पनि जनाएको छ । एमालेले जनसभाका लागी पहिलो यात्रा तराइबाट थाल्ने पनि बताएको छ ।

तराई मधेसका प्रमुख शहरमा पार्टीको मधेस नीतिबारे प्रष्ट पार्न ठूला जनसभा आयोजना गर्न लागीएको हो । तराई मधेसबाट प्रतिनिधित्व गर्ने सभासदहरुको सुझावपछि पार्टीले तत्कालै मधेस केन्द्रित अभियान तथा जनसभा आयोजना गर्न लागेको स्थायी समिति सदस्य सत्यनारायण मण्डलले बताए । सभासदहरुको सुझाव पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसमा ठूला जनसभा र कार्यकर्ता प्रशिक्षणको कार्यक्रम राख्न पार्टीको केन्द्रीय सचिवालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

चाँडै पार्टीको स्थायी कमिटी बैठक बसेर सांगठानिक र कार्यक्रमहरुको योजना बनाइने ओलीले सभासदहरुलाई बताएका छन् । झापा मोरङ र सुनसरीको विवादबारे विराटनगरमा जनसभा आयोजना गर्ने एमालेको तयारीका छ । जनकपूर, वीरगन्ज, नेपालगन्ज, नवलपरासी र कैलालीमा पनि जनसभा आयोजना गर्ने गरि तयारी भइरहेको सचिवालयले जनाएको छ । त्यस्तै त्यस्तै सप्तरीमा प्रतिरोध सभा गरिने पनि एमालले जनाएको छ ।