भारतीय स्वतन्त्रता दिवसमा प्रधानमन्त्री कोइरालाबाट शुभकामना व्यक्त

माघ १२ ,काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले छिमेकी मुलुक भारतको ६६ औं स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षी नरेन्द्र मोदीलाई शुभकामना सन्देश पठाएका छन्। प्रधानमन्त्री कोइरालाले सरकार, नेपाली जनता र आफ्ना तर्फबाट शुभकामना व्यक्त गरेका हुन्।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले दुई देशबीच सदियौंदेखि रहँदै आएको मित्रता र संस्कृति, सामाजिक पक्ष तथा एकअर्काप्रतिको विश्वास आगामी दिनमा थप बलियो हुँदै जाने अपेक्षा गरेका छन्।
सन्देशमा प्रधानमन्त्रीले गत अगस्टमा मोदीद्वारा भएको नेपालको औपचारिक भ्रमण र नोभेम्बरमा काठमाडौंमा सम्पन्न १८ औं सार्क शिखर सम्मेलनको स्मरणसमेत गरेका छन्। यी भ्रमणहरूले एकअर्काबीचको सहयोग र सहभागितालाई थप गहिरो बनाएको सन्देशमा उल्लेख छ।
सन्देशमा नेपाल राजनीतिक संक्रमणको अन्तिम चरणमा रहेको र नयाँ संविधानले प्रजातान्त्रिक, शान्तिपूर्ण र स्थिर तथा समृद्धिका अवसर सिर्जना गर्ने पनि सन्देशमा उल्लेख छ। यस कार्यमा भारतले पुस्याउँदै आएको सहयोग उल्लेखनीय रहेको पनि सन्देशमा उल्लेख छ।