प्रश्नावली समिती गठन प्रक्रिया अघि बढाएपछी प्रतिपक्ष दलहरु आन्दोलनमा

माघ १२ ,काठमाडौं- संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले प्रश्नावली समिती गठन गरी प्रक्रिया अघि बढाए सँगै प्रतिपक्ष दलहरु आन्दोलनमा जुट्ने भएका छन् । आज प्रतिपक्ष १९ दलिय मोर्चाले संविधानका बाहिर रहेका ३० दलिय मोर्चा सँग संयुक्त रुपमा छलफल गरी श्रृखलबद्धा आन्दोलन घोषणा गर्ने जनाएको छ । संविधानसभाले जबजस्ती प्रक्रिया शुरु गरेर शान्ति सम्झौता विपरित प्रतिगमनतर्फ जान लागेको भन्दै निर्णयको विरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो । मोर्चाले यो निर्णय नसच्याए सम्म सत्तारुढ दलसंग वार्ता नगर्ने र संविधानसभा अध्यक्षको काममा सहयोगन नगर्ने निर्णय समेत गरेको छ ।

संविधानसभामा जबरजस्ती प्रश्नावली समिति गठन गरेलगतै विपक्षी मोर्चाको धारणा तय गर्न सिंहदरबारमा बसेको १९ दलको बैठकले यस्तोनिर्णय गरेको हो । देशभर यो प्रतिगमन उन्मुख निर्णय र संविधानसभाका अध्यक्षका विरोधमा कालो झण्डा सहीत प्रतिकात्मक विरोध प्रदर्शन समेत गरेको मोर्चाले जनाएको छ ।