रुष्ठ विपक्षिदललाई फकाउँने प्रधानमन्त्रिको तयारी

माघ १२ ,काठमाडौं- सत्तापक्ष नेपाली कांग्रेस र नेकपा एमाआलेको बैठक आज बस्दै छ । दुई दलको आजको बैठकमा विपक्षिलाई संविधान निमार्णको प्रक्रियामा कुन तरीकाबाट सहभागि गराउँने भन्ने विषयमा छलफल हुने भएको छ । दुई दलिय छलफल पछि एमाओवादी र मधेसवादीदल सम्मीलीत प्रतिपक्षमोर्चा सँग प्रधानमन्त्रि सुशिल कोईरालाले तत्काल पहल थाल्नु हुने भएको छ । संविधान सभाको निर्णयमा असन्तुष्ट जनाउँदै आन्दोलनको निर्णयमा पुगेको मोर्चासँग कोईरालाले संविधान निमार्ण प्रक्रियामा सहभागिता जुटाउँन आजैबाट पहल सुरु गर्ने बताउँनु भएको छ ।

विपक्षी दलका सभासदहरुको नाराबाजीकावीच संविधानसभाले विवादित विषयको प्रश्नावली तयार पार्न समिति गठन गरे पछि विपक्षि भने निर्णय नसच्चाए सम्म कुनै पनि वार्ता तथा सम्वादमा नजुटने जनाएको छ । संविधान सभाले समिति गठन प्रस्ताब पारित गरेपछि रुष्ट बनेको मोर्चाले भने कुनै एक दलको प्रवक्ताको रुपमा काम गरेर सभाध्यक्षको तठस्थता, गरिमा र नैतिकता ध्वस्त बनाएको आरोप रहेको छ । संविधानसभामा अघि बढेको प्रक्रियाबाट दलहरुवीच र समाजलाई नै थप धुविकरण गराएको र शान्ति प्रक्रियालाई तोडेर अघि बढ्ने यो महाभूल भएको भन्दै वर्तामा नबस्ने जनाएको छ ।
प्रतिपक्षको विरोधका वाबजुत हिजो संविधान सभाका सभाअध्यक्ष सुवास चन्द्र नेम्वाङले ७३ सदस्यीय प्रश्नावली समिति गठन गरिएको घोषणा गर्नु भएको थियो । जसमध्यमा ४९ जनाको नाम उल्यख भै सकेको र अन्यको नाम पनि उपलब्ध गराउँन दलहरुलाई आग्रह गर्नु भएका थियो । त्यसैगरी नेपाली कांग्रेले आफ्नो आन्तरीक बैठक पनि बोलाएको छ । प्रधानमन्त्रि निवास वालुवाटारमा बैठक बस्ने भएको छ ।