प्रतिपक्षीको अवरोधका बिच सभाध्यक्षद्वारा प्रश्नावली तयारका लागि प्रस्ताव समिति गठन

माघ ११,काठमाडौं- प्रतीपक्षीको अवरोधका बिच संविधानसभाका अध्यक्षले प्रस्ताव समितिको प्रस्ताव आफैले प्रस्ताव समिति गठन गरियोस् भनी प्रस्ताव गरेका छन् । कार्यसुची अनुसार काँग्रेस मुख्य सचेतकले प्रस्ताव राख्ने र एमाले सचेतले सहमती जनाएर बहुमतले पारीत गर्ने नियम भए पनि विपक्षीको अवरोधका कारण संविधानसभा नियमावली २०७० को नियम ९१ बमोजिम समितिमा रहने सदस्यहरुको नामावली सहित सभाध्यक्ष आफैले प्रस्ताव प्रस्तुत गरेका छन् । ७३ सदस्यीय प्रस्ताव निर्माण समितिमा ४९ जना सदस्यहरुको नामावली नेम्वाङले पेश गरेका हुन् । सबैले नाम बुझाए पछि पूर्ण समितिको बैठक ५ गते बस्ने बताइएको छ । सभाध्यक्षले प्रस्तुत गरेको प्रस्तावलाई बहुमतले पारित गरेको छ । यसैबिच प्रतीपक्षी एमाओवादीले अब कुनै कुराको प्रवाह नगरी आन्दोलन गर्ने चेतावनी दिएका छ ।