दुई दिनमा तीन महिलाले गरे आत्महत्या

माघ ११,विराटनगर – पछिल्लो समय आत्महत्याको दर एक पछि अर्को गर्दै बढ्दै गएको छ । जसमा पुरुषको तुलनामा महिलाहरुको संख्या बढ्दो भएको विभिन्न तथ्याकंले देखाएका छन् । विराटनगरमा एक महिलाले गएराति विष सेवन गरी आत्महत्या गरेपछि दुई दिनमा मोरङमा तीन महिलाले आत्महत्या गरेका छन् । रङ्गेली–३ बस्ने २८ वर्षीया किरणदेवी मण्डलले मुसा मार्ने विषादी सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी मोरङले जनाएको छ । गम्भीर अवस्थामा उनलाई रङ्गेली अस्पतालमा भर्ना गरिए पनि त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा चेकजाँच हुँदा उनको मृत्यु भइसकेको थियो । यसअघि मधुमल्ला र सुन्दर दुलारी नगरपालिकाका एक–एक महिलाले आत्महत्या गरेका थिए ।