दिल्ली आइपुगे ओबामा, प्रोटोकल मिचेर स्वागत गर्न एयरपोर्ट पुगे मोदी

माघ ११,काठमाडौं– अमेरिकी राष्ट्रपति बाराक ओबामा भारतको गणतन्त्र दिवसमा सहभागी हुन आइतबार बिहान भारत आइपुगेका छन् । भारतको गणतन्त्र दिवसमा प्रमुख अथितिको रुपमा सहभागी हुन ओबामा आइतबार भारत आइपुगेका हुन् ।अमेरिकाका राष्ट्रपतिद्वारा भारतको गणतन्त्र दिवसको अवसरमा उपस्थित हुन लागिएको यो पहिलो पटक हो ।ओवामासँगै पत्नी मिसेल ओवामा पनि भारत भ्रमणमा आएकी छिन् ।ओवामाको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रोटोकल मिचेर आफैं दिल्ली एयरपोर्ट पुगेका थिए ।
भारतमा विदेशी राष्ट्रप्रमुखले भ्रमण गर्दा विदेश राज्यमन्त्रीले स्वागत गर्न जाने प्रचलन छ । मोदी यो पुरानो प्रचलनलाई तोड्दै ओबामाको स्वागतका लागि आफैं एयरपोर्ट पुगेका हुन् ।तीन दिने भ्रमणका लागि भारत पुगेका ओबामा र मोदीबीच दुई पक्षीय सम्बन्ध लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ । – (एजेन्सी)