दीगो पर्यटनका लागी प्राधिकरण अत्यन्त जरुरी : पर्यटन ब्यबसायी

माघ ११, पोखरा- मुलुकमा गतिरोध अन्त्य नभएको भन्दै युरोप अमेरीका जस्ता देशले आफ्ना पर्यटकलाई नेपाल भ्रमणमा रोक लगाइरहेका बेला सुन्दर नगरी पोखराको समग्र आर्थिक तथा पर्यटन क्षेत्रको विकासका लागि एकीकृत पोखरा पर्यटन प्राधिकरण गठन हुनुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् ।

पोखरा पर्यटन परिषद्को १४ औं वार्षिक साधारणसभा एवं आठौं अधिवेशनमा व्यवसायीहरुले दीगो पर्यटनसहित आर्थिक विकासका लागि पर्यटन प्राधिकरण आवश्यक भएको औंल्याएका हुन् । पोखरामा मात्रै एक खर्बभन्दा बढी लगानी भइरहेका बेला राजनीति अस्थिरताले, बन्द, हडताल जस्ता गतिविधिले पर्यटन व्यवसाय नै धरासायी हुन गएको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले पोखरामा पर्यटकको बसाइँ लम्ब्याउन पूर्वाधारसँगै उच्चस्तरीय जनशक्ति उत्पादनमा समेत जोड दिनुपर्ने बताए ।