अमेरिकी राष्ट्रपति ओवामा आज भारत आउदै

माघ ११,काठमाडौं- अमेरिकी राष्ट्रपति बाराक ओबामा आज तीन दिने भ्रमणको लागि भारत आइपुग्नु हुने भएको छ । बिहान १० बजे दिल्लीको पालम एअरपोर्टमा राष्ट्रपति ओवामा आइपुग्नु हुने भएको हो । ओवामासँगै प्रथम महिला मिचेल ओबामा पनि भारत आउन लाग्नु भएको छ । ओबामाले भोलि भारतमा हुने गणतन्त्रक दिवसको विशेष कार्यक्रममा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्नुहुने भएकोछ । भारतले ओवामाको सुरक्षाका लागि हजारै सुरक्षाकर्मी खटाएको छ । राजधानी नयाँ दिल्लीलाई सात तहमा कडा सुरक्षाको व्यवस्थापन गरिएको छ । एजेन्सी