आजबाट नेशनल ट्रेडिङले खाना पकाउने ग्यासको विक्री वितरण गर्दै

माघ ११,काठमाडौं- नेपाल आयल निगमले उपभोक्ताको सहजताको लागि आजदेख नेशनल ट्रेडिङबाट खाना पकाउने ग्यासको विक्री वितरण गर्ने भएको छ । बजारमा ग्यासको आपूति र्सहज नभएको गुनासो बढ्दै गएपछि निगमले आजबाट नेश्नल ट्रेडिङको प्राङगण टेकुबाट विभिन्न कम्पनीको ग्यास विक्रि वितरण गर्न लागेको हो ।

‘बजारमा ग्यासको आपूतिर्का लागि धेरै प्रयास गर्दा पनि उपभोक्ताबाट ग्यास नपाएको गुनासा आएपछि ग्यासको आपूतिर्का लागि नेशनल ट्रेडिङबाट वितरणँ गर्न लागेको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले बताउनु भयो । निगमले विभिन्न २४ ग्यास उद्योगबाट उत्पादित ग्यास विक्रि वितरण गर्नेछ ।
आज बिहान ११ बजे बाणिज्य तथा आपूर्तिम्नत्री सुनिल बहादुर थापाले ग्याँस वितरणको औपचारिक उदघाटन गर्ने कार्यक्रम रहेको छ । निगमले १ बजेदेखि ट्रेडिङको प्राङ्गण टेकुबाट विभिन्न कम्पनीको ग्यास विक्री वितरण गरिने छ ।
ग्याँस विक्रि वितरणको औपचारिक उदघाटन बाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले उदघाटन गर्ने कार्यक्रम छ ।