संविधानसभा भवन परिसरमा सुरक्षा व्यवस्थामा थप कडाई

माघ ११,काठमाडौं- विपक्षी सभासदहरुको अवरोधका कारण संविधान सभा भवनमा तनाव उत्पन्न भए पछि संविधान सभा भवन परिसरमा सुरक्षा व्यवस्थामा थप कडाई गरिएको छ । संविभान सभाअध्यक्ष सुवास चन्द्र नेम्वाङलाई आजको बैठकमा विपक्षीले प्रश्नावलीको प्रस्ताव राख्न नदिने भए पछि सुरक्षामा थप कडाई गरिने भएको हो ।

सभाध्यक्षले आजको बैठकमा ल्याउँने ठाडो प्रस्तावको विरोधमा विपक्षि दल उत्रिने भए पछि मर्यादा पालकहरु थपीएका छन भने २ हजार सुरक्षाकर्मि पनि परिनचालन हुने भएका छन् । गत सोमवार विपक्षीहरु तोडफोड उत्रिए पछि सुरक्षामा थप कडाई गरिएको हो । यस अघि नेपाल प्रहरीका एस्पीको नेतृत्वमा सुरक्षा व्यवस्था हुने गरे पनि अहिले तैनाथ बढ्दै गए पछि प्रहरी नायब महानिरिक्षक डीआईजीले सुरक्षा नेतृत्व समालेका छन् । डिआईजि मधु पुडासैनिको कमाण्डमा मर्यादा पालक परिचालन भएका छन् ।