आज श्रीपञ्चमी,विद्याकी देवी सरस्वतीको पुजाआराधना गरी मनाइदै

माघ ११,काठमाडौं- विद्याकी देवी सरस्वतीको पुजाआराधना गर्दै आज देशभरी श्रीपञ्चमी मनाइदै छ । हिन्दु धर्मावलम्बीले सरस्वती मन्दिर तथा पुस्तकको पूजा गरेर आराधना गर्दै श्रीपञ्चमी मनाउँदैछन् । सुर्य उत्तर तिर लागी दिन लामो हुने र वसन्त रितु सुरुहुने भएकाले यस दिनलाई बसन्त पञ्चमी समेत भन्ने गरिन्छ ।

आजको दिनमा बालबालिकालाई अक्षराम्भ गराए शुभ हुने मानिन्छ । शिक्षक, विद्यार्थी, कलाकार, पत्रकार लगायतले आ–आफ्ना सिर्जनाका औजार पूजा गर्ने गर्दछन् । विहानै बाट विद्यालय विभन्न सरस्वती मन्दीरहरुमा सरस्वतीको पुजा आरधाना सुरु भै सकेको छ ।
विशेषगरी राजधानीको नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले लगायतका सरस्वती मन्दिरहरुमा आज मेला लाग्दैछ ।
मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पूजा–आराधना गर्नाले विद्या प्राप्ती हुने विश्वास रहेको छ ।