संविधान सभाको बैठक आज, प्रक्रियामा गएको सत्तापक्षकोे जिकीर

माघ ११,काठमाडौं-प्रतिपक्षदलको विरोधका कारण लगातार रुपमा अवरुद्ध बन्दै गएको संविधानसभाको बैठक आज बस्ने भएको छ । एमाओवादी तथा मधेसी मोर्च लगायतका प्र्रतिपक्ष दलका कारण गत सोमवार देखि अवरुद्ध बैठक दिउँसो १ बजेका लागी तए भएको हो ।

प्रक्रिया सुरु भै सकेको भन्दै आजको बैठकमा प्रश्नावली समीती बनाई अघि बढ्ने कार्य सुचि रहेको संसद सचिवलयले जनाएको छ । यता प्रतिपक्षले भने प्रक्रिया खारेजी गरेर सहमतीको प्रयास नथालीए सम्म बैठक संञ्चान हुन नदिने जनाएका छन् । प्रतिपक्षले सभाध्यक्ष सुबास चन्द्र नेम्वाङलाई भेटी बैठक १० दिनका लागी स्थगित गरी सहमतिको पहल गर्न आग्रह गरेका हुन । सभाध्यक्ष नेम्वाङले भने प्रक्रिया सुरु भै सकेको भन्दै प्रतिपक्षले बैठक रोक्ने प्रयास गरे पनि कुनै पनि हालतमा नरोकीने बताउँनु भयो ।
उहाँले प्रश्नावली समिति गठन भएपछि त्यसले संविधानका विवादित विषयमा सहमतिका लागि दलहरुलाई झन नजिक्याउने भन्दै संविधानसभाको आजको बैठकमा नियम ९१ अनुसार आफैले नै समिति गठनको प्रस्ताव पेश गर्ने बताउनुभयो ।
एमाओवादी लगायतका १९ दलका सभासदले बेल घेराउ गरी नाराबाजी गरेर नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई रोष्टममा जान नदिएपछि सभाध्यक्ष नेम्वाङले आफै नै प्रस्ताव पेश गर्नुहुने भएको हो । उहाँले यसबारेमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका विपक्षी दलका नेतालाई जानकारी गराइसकेको पनि बताउनुभयो ।
उता सत्तापक्ष कांग्रेस एमाले पनि संविधान सभाको अवरोध नहटाए सम्म प्रतिपक्ष सँग बर्तामा नबस्ने जनाएको छ । प्रतिपक्ष भने सहमतीको प्रयास नथालिय सम्म बैठक सुचारु हुन नदिने बताउँदै आएको छ ।