प्रचण्डले संविधानसभाको बैठक १० दिन रोकम भन्दा सभाध्यक्षले मानेनन्

माघ १०,काठमाडौं-प्रमुख प्रतिपक्षी एमाओवादीलगायतका विपक्षी दलहरुको मोर्चाले संविधानसभाको बैठक १० दिन स्थगीत गरेर निकासका लागी पहल थाल्न गरेको आग्रह संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले  अस्विकार गरेका छन् । आज  एमाओवादी अध्यक्ष प्रचण्डले गरेको त्यस्तो आग्रहलाई सभाअध्यक्षले स्विकार्न नसकीने बताए पछि भोलीदेखि संविधानसभाको बैठकमाम के हुन्छ भन्ने निश्चित छैन ।

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा शनिबार सन्चारकर्मीसँगको भेटमा सभाध्यक्ष नेम्वाङले संविधानसभा नियमावली र प्रचलित अभ्यासकै आधारमा भोलि आफूले प्रश्नावली निर्माणको प्रक्रिया अघि बढाउने भन्दै बैठक रोक्न नमिल्ने बताएका हुन् ।

संविधानसभाको बैठक १० दिन स्थगित गर्न माग गर्दै शनिबार एकीकृत माओवादी र मधेसी मोर्चाका नेताहरुले नेम्वाङलाई सिंहदरवारमा छुट्टा–छुट्टै भेटे पनि अहिलेसम्म सभामुख यस विषयमा सकारात्मक छैनन् । उनीहरुले संविधानसभामा प्रक्रिया अघि बढाउँदा बहुमतको खेल सुरु भएको सन्देश जाने भन्दै सहमतिका लागि संविधानसभाको बैठक स्थगित गर्न समय मागेका हुन् ।