पारस खड्का बने वर्ल्ड क्रिकेट लिग डिभिजन टूको उत्कृष्ट खेलाडी

माघ १०,काठमाडौं-नेपाल आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा केन्यासँग लगातार दोश्रो पटक हार बेहोरेर दुखित बनरिहेका बेला नेपाली कप्तान पारस खड्का डिभिजन टूको उत्कृष्ट खेलाडी बनेसँगै नेपाली क्रिकेट प्रमीलई केही राहात थपीएको छ । प्रतियोगीतमा नेदरल्याण्ड च्याम्पियन बनेको छ भने नेपाली कप्तान पारस प्लेयर अफ दि सिरिज घोषित भएका हुन् ।

नामिबियामा खड्काको व्याटिङ र बलिङ दुबै उत्कृष्ट थियो । उनले ६ विकेट लिएका छन् भने दुई अर्धशतकसहित १८५ रन बनाएका छन् । केन्यासँग ५ विकेटले पराजित हुँदा डिभिजन वानमा पुग्नबाट चुकेको नेपाल शनिबार फेरि केन्यासँग नै स्तभ्द भएको छ । तेस्रो स्थानका लागि नेपाल र केन्या भिडेका थिए, जुन खेल नेपालले १५ रनले गुमाएको छ ।