विरोध जारीछ : विपक्षी मोर्चा

माघ १० , काठमाडौं – संविधानसभामा सहभागी एमाओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाले सत्तापक्षका कारण आजको अवस्था सिर्जना भएको भन्दै मुठभेडको अवस्था आएको निष्कर्ष निकालेको छ । कांग्रेस–एमालेले सहमतिको साटो प्रक्रियामा अघि बढ्ने तयारी गरेको भन्दै आफूले निरन्तर त्यसको विरोध जारी राख्ने निर्णय गरेको छ । सिंहदबारमा आज बसेको मोर्चाको बैठकले सत्तारुढ दलको दबाबमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आइतबार प्रक्रिया अघि बढाउन लागेको भन्दै त्यसको विरोध गर्ने निर्णय गरेको एमाओवादीकमा प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । शर्माका अनुसार सत्तारुढ दलहरुकै कारण मुठभेडको अवस्था आएको आरोपसहित मोर्चाले सहमतिको विकल्प खुल्ला राख्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।