रु ५ संकलन अभियान सामाजिक कार्यमा चम्किदै

माघ १० , काठमाडौं -सामाजिक सन्जाल टुइटर प्रयोगकर्ताहरुले विभिन्न सामाजिक सहयोग अभियान अन्तर्गत रु ५ संकलन अभियानको १२ औ कार्यक्रम आज बिहान “सरसफाइ गरौं बाटोमा फोहोरो नफालौं” भन्ने अभियानका साथ तिनकुने देखि बिजुलीबजार पुल सम्म सडकका छेउमा र बोटबिरुवा लगाउन बनाइएको खाल्टोमा जम्मा गरिएको फोहोर प्लास्टिकका टुक्रा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

सरसफाईको क्रममा रोड छेउमा बिरुवा रोप्न बनाइएको खाल्टो ठाउँमा चुरोटको ठुटा,प्लास्टिक ,पराग का टुक्रा अत्यधिक मात्रामा भेटिएको थियो । झन्डै २ घन्टा चलेको सरसफाई कार्यक्रममा ४ क्विन्टल जति फोहोर उठाएर सम्बन्धित ठाउमा फालिएको छ । सरसफाई अभियान मा करिब ५५ जना टुइटर प्रयोगकर्ताहरुको सहभागिता रहेको थियो ।