डिभिजन २ मा तेश्रो स्थानका लागी खेल्दै नेपाल

माघ १० , काठमाडौं- विश्व लिग क्रिकेट डिभिजन २ मा हिजो केन्यासँग पराजित नेपालले आज अर्को खेल केन्यासँगै खेल्दैछ । आज तेस्रो स्थानका लागि नेपालले खेल्न लागेको हो । लिग चरणको अन्तिम खेलमा रोकिएको नेपालले आज प्लेअफ खेल्न लागेको हो । यसअघि हिजो केन्यासँग ५ विकेटले पराजित भएसँगै डिभिजन १ मा उक्लिने सपना चकनाचुर भएको छ । प्रतियोगितामा उपाधिका लागि आज नामिबिया र नेदरल्याण्ड्स भिड्दैछन् ।