अवैधरुपमा रहेको कुखुराको दाना बरामद

माघ १० , ओखलढुगां-ओखलढुगांको सिद्धिचरण नगरपालिका वडा नम्बर ५ मा ठुलो मात्रामा कुखुरालाई खुवाउने दाना बरामद गरेको छ । हिजो ओखलढुगांका सहायक प्रमुख जिल्ला अधिकारी गुणराज भट्टराईको नेतृत्वमा सदरमुकामको विभिन्न पसलहरुमा जाँच गर्दा  सिद्धिचरण नगरपालिका ५ को बाबुकाजी श्रेष्ठको घरमा अवैधरुपमा ठुलो मात्रामा कुखुरालाई खुवाउने दाना बरामद गरिएको छ । सदरमुकाममा रहेको घरमा पान नम्बर नभएको, आधिकारिक विक्रेता पनि नभएको, बोर्ड पनि नराखिएको तर बिक्री गर्नका लागि राखिएको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सम्पुर्ण बोरामा उपभोग्य मितिसमेत नराखिएको पाइएकाले पसलबाट १२५ बोरा दाना बरामद गरिएको छ ।