मध्यमर्स्याङ्दीको मर्मतकार्य सुरु, मर्मत गर्न दुइसाता लाग्ने

माघ ९,काठमाडौँ-मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको मर्मतकार्य आजबाट सुरु गरिएको छ । अजबाट सुरु गरिएको आयोजनाको मर्मतका लागी दुई सातासम्म बन्द गरिने मध्यमर्स्याङ्दी केन्द्रले जानकारी दिएकोे छ । लमजुङमा रहेको ७० मेगावाट क्षमताको आयोजनामा यसअघि पनि पटक पटक  मर्मत कार्य गर्ने  बताइए पनि वभिन्न समुहको हडतालका कारण मर्मत कार्य हुन सकेको थिए । मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख राजेशकुमार पाण्डेयले आयोजनाको मर्मतकार्य सुरु भएको बताए । उनले आयोजनाको ‘इन्टेक’मा रहेको सर्फिङ गेट, इन्टेकमा र बाँधस्थलमा थुप्रिएको बालुवा निकाल्ने, आयोजनाको इन्टेल भल्व, ‘प्रेसर रिलिज पाइप, विकेट गेट, स्पाइरल केसिङलगायत पावरहाउसमा जडित उपकरणको मर्मत गरिने बताए ।
आयोजनाको बाँधक्षेत्रमा जमेको अत्याधिक बालुवाका कारण मध्यमर्स्याङ्दीको टर्वाइनदेखि लिएर अन्य संरचनामा धक्का पुगेको आयोजनाले जनाएको छ ।