एमाओवादीको राजनीति संकटमा : मन्त्री साउद

माघ ९, काठमाडौं-सिँचाइमन्त्री एनपी साउदले एमाआवादीको राजनीति संकटमा पर्न सक्ने अनुमान गरेका छन् । आज राजधानी आयोजीत एक कार्यक्रममा मन्त्री साउदले विपक्षीहरु संविधान ल्याउनै नदिने खेलमा लागेकाले अब उनीहरुको राजनीति पनि संकटमा परेको दाबी गरेका हुन् । एमाओवादीकै कारण समयमा संविधान आउन नसकेको भन्दै उनले अब जनताको नजरबाट माओवादी गिरेको औँल्याए । एमाओवादी निषेध र अराजक बाटोबाट हिँडेर मलुकले निकास नपाउने भन्दै वार्ताबाट समस्या समाधान गर्नुको विकल्प पनि नभएको मन्त्री साउदको भनाई छ ।