बर्षकै सर्वाधिक आम्दानी गर्ने क्लबमा रियल मड्रिड

माघ ९,काठमाडौँ-स्पेनिस क्लब रियल मड्रिड विश्वभर सबैभन्दा धेरै बार्षिक आम्दानी गर्ने क्लब बन्न सफल भएको छ । डेलोट्टीले सन २०१३,२०१४ को आए ब्यय बिबरणलाई लिएर गरेको अध्ययनले स्पेनकै अर्को क्लब बार्सिलोना भने खस्कीएर चौथो स्थानमा पुगेको देखाएको छ । रियल पछि दोश्रो नम्बरमा ईङलिस क्लब म्यानचेष्टर युनाईटेड र तेश्रो नम्बरमा जर्मन क्लब बार्यन म्युनिख छन् । धेरै कमाउने बिश्वका १० क्लब मध्य पेरिस सेन्ट जर्मन पाँचौं,म्यानचेष्टर सिटी छैटौं,चेल्सी सातौं,आर्सनल आठौं,लिभरपुल नबौं र जुभेन्टस १० औं नम्बरमा छन् ।