एमाओवादीसँग भिडन्त नगरी संविधान ल्याएरै छोड्छौँ : ओली

माघ ९,काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुर्व निर्धारित समयमा संविधान ल्याउन नदिएर एमाओवादी मोर्चाले ठूलो सफलता पाएको बताएका छन् । अध्यक्ष ओलीले एमाओवादी मोर्चालाई सही शिक्षादीक्षा दिन नसक्नु आफ्नो कमजोरी भएको बताएका छन् ।

उनले ‘सभाध्यक्षमाथि प्रहार गर्ने, ममाथि ताकीताकी प्रहार गर्ने र संविधानसभामा तोडफोड गरेर भएपनि संविधान ल्याउन नदिएर एमाओवादीले सफलता प्राप्त गरेको छ ।’’

ओलीले एमाओवादीले खुर्सानी पोको बोकेर संविधानसभाभित्र आएपनि आफुहरुले भीडन्त नचाहेको बताए । उनले पहिलो वर्ष एमाओवादी मोर्चा संविधान आउन नदिएर सफल भएपनि उसको लक्ष्य पूरा नहुने बताए । संविधान जारी गर्ने पक्षमा ५५० सभासद् भएकाले जसरी पनि संविधान ल्याएरै छाड्ने बताए ।