कपीलबस्तु महोत्सबको तयारी तिब्र

माघ ९,कपिलबस्तु-अर्को सातादेखि सुरु हुने छैटौं कपिलवस्तु महोत्सवको तयारी तिब्र पारिएको छ ।  “समृद्ध नगरको लागि व्यवसायिकता, उत्पादनमा औद्योगिकिकरण आजको आवश्यकता” भन्ने मुल नाराका साथ हुन लागेको महोत्सवको तयारी ७५ प्रतिशतभन्दा बढी सकिसकेको आयोजकले जनाएको छ । आयोजक कपिलवस्तु उद्योग वाणिज्य संघले महोत्सवको प्रचार प्रसार, डान्स आइडलको तयारी, स्टल दर्ता, कृषि प्रदर्शनी तयारी, विज्ञापन तथा सहयोगी संघ संस्थासँग समन्वय सहकार्य तथा अन्य व्यवस्थापनको काम भैरहेको आयोजकले जनाएको छ । महोत्सब आगामी बुधबारबाट सुरु हुनेछ ।