अझै अन्यौलमा संविधान निर्माण प्रक्रिया,जनताको आस निरासा

माघ ९, काठमाडौं – दोस्रो संविधानसभाको पहिलो एक बर्ष समय पनि खेर गएको छ । दलहरुले एक बर्ष भित्र संविधान जारी गर्ने भनेर दलिय घोषणपत्रमा गरेको प्रतिबद्धता, संविधान निर्माण प्रक्रिया सुरु नै नभई तोडिएको छ । रातिको १२ बज्न १५ मिनेट बाँकी हुदाँ संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङले पहिलो एक बर्षलाई असफल साबित गर्दै अर्को बैठकको मिति सार्नुभयो । दिउँसो बसेको दुईघण्टाको बैठक र राति पौने ९ बजेदेखि पौने १२ बजेसम्म विपक्षीदलहरुले संविधानसभा बैठक भित्र नाराबाजी र घेराउ गरेरै बिताए । करिब तीन घन्टा गम्भीर मुद्रामा आफ्नै आसनमा बस्नुभएका सभाध्यक्षले नेम्वाङले नारावाजीकैबीच आक्रोसमिश्रीत भावुक मन्तब्य दिनुभयो । तर बैठकबाट निस्कीने वित्तिकै विपक्षी मोर्चाका संयोजक एव एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी संविधान बन्न नदिएकोमा गर्भ महसुस भएको बताउनुभयो ।

संविधान बनाउन नदिएर गर्भ महसुस गरेका प्रचण्ड प्रति व्यङग्य गर्दै लगत्तै निस्किनु भएका एमाले अध्यक्ष केपीशर्मा ओलीले भने एमाओवादीका कारण संविधान बन्न नसकेको बताउनुभयो । पहिलो संविधानसभाको ४ बर्ष र दोस्रो संविधानसभाको एक बर्ष समय खेर फालेका सभासद्हरुले जति चिन्ता र गल्ती महसुस गर्नुपथ्यो, त्यो भने उनिहरुको अभिव्यतमा देखिएन । एक बर्षमा संविधानसभाको ९१ वटा बैठक बस्यो, तर संविधान निर्माण प्रक्रिायको हिसाबले हेर्दा राजनितिक दल र तिनका शिर्ष नेताहरुले पहिलो संविधानसभाबाट एक पाईला अघि सरेका छैनन् । माघ आठ टरेको छ, संविधान आउने म्याद सरेको छ । अर्को मिति नतोकि माघ ८ गुज्रीएकाले अब आगामी तीन वर्षका लागि संविधान आउने म्याद पनि खुला भएको छ, ।