नेपालले आज केन्या संग खेल्दै

माघ ९, काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तरगत आज नेपालले आफ्नो अन्तीम खेल केन्या सँग खेल्दैछ । आफ्नै घरेलु मैदानमा नामिवियालाई ३ विकेटले हराउँदै डिभिजन २ रहने पक्का गरेको नेपालको डिभिजन १ प्रबेशमा प्रवल सम्भावना रहेको छ । आधिकारीक प्रतियोगीताको ५० ओभरको क्रिकेटमा नेपाल र केन्याको पहिलो भेट रहेको छ । पछिलो दुई टी २० विश्व कप छनोट चरणको प्रतिष्पर्धामा नेपालले केन्यालाई दुबै पटक हराएको थियो । गत वर्ष न्युजल्यान्डमा भएको विश्वकप छनोट खेल अभ्यासमा भने केन्याले नेपाललाई १ विकेटले हराएको थियो । केन्याका लागी नेपाल बलियो प्रतिद्धन्दी हो । चार खेलमा तेस्रो जित निकाली सकेको नेपाल रन रेटको आधारमा दोस्रो स्थानमा रहेको छ । केन्यालाई आज डिभिजन २ मा टिकी रहन जित्नै पर्ने दबाब रहेको छ भने डिभिजन १ मा प्रबेश गर्न नेपाललाई पनि जित निकाल्न आवश्यक रहेको छ । प्रतियोगिता नेपाली सयम अनुसार दिउँसो सबाँ १ बजेबाट सुरु हुदैछ ।