विपक्षी मोर्चाको बैठक बस्दै

माघ ९, काठमाडौं -संविधानका विवादित अन्तरबस्तु र सत्तापक्षले लिन खोजेको प्रक्रियाका विषयमा रणनीति बनाउन विपक्षी मोर्चाको बैठक बस्दैछ । बिहान सिंहदरबारमा बोलाइएको बैठकमा हिजो अन्तिमसमयमा भएको छलफल र आजको संविधानसभा बैठकमा अपनाउने रणनीतिका विषयमा छलफल हुनेछ । सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारले हिजो राखेको प्रस्तावका विषयमा पनि छलफल हुनेछ । गच्छदारले सहमति भएका र्गु भएको थियो ।

त्यसमा सत्तासिन दल सहमत थिए । उहाँले शासकीय स्वरुपमा पनि आलोचनात्मक समर्थन गर्दै कांग्रेस–एमालेको प्रस्तावलाई स्वीकार गर्ने प्रस्ताव गर्नुभएको छ । प्रदेश संख्या ६ देखि ९ बनाउँदै भूगोल, सिमांकन र नामाङ्कनका लागि दुई महिना समय थप गर्ने प्रस्तावमा आज थप छलफल हुनेछ । मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले आजको संविधानसभा बैठक र नयाँ रणनीतिका विषयमा छलफल हुने बताउनुभयो ।