माघ ८ त आयो तर त्यतिकै गयो, संबिधान आएन

माघ ९, काठमाडौं -नयाँ संविधान जारी गर्न नसकी एक वर्ष समय खेर गए पनि संविधान सभाको बैठक भने आजको आज पनि बोलाईएको छ । विना उपलब्धी एक वर्ष समाप्तीको अन्तीम समयमा हिजो राती बैठक आज दिउँसो १ बजेका लागी बोलाईएको हो । प्रमुख राजनजीतक दलहरु संविधान जारी गर्नको सट्टो आरोप प्रत्यारोपमा उत्रिदै संविधान सभाको बैठक नै अवरुद्ध गर्दै आए पछि संविधान बन्न सकेन । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले विपक्षीको करिब अढाइ घण्टाको अवरोध र नाराबाजीपछि संविधानसभामा मध्य रातमा लिखित सम्बोधन गर्दै बैठक आजका लागी बोलाउँनु भयो । सभाध्यक्ष नेम्वाङले अन्तीममा सम्बोधन गर्दै संविधानसभाको प्रक्रिया अघि बढ्न नसकेकोमा मर्माहत र चिन्तित भएको बताउँनु भयो । लगातार रुपमा बैठक अवरुद्ध भए पछि कार्यसूचीमा प्रवेश गर्न नसकिएको भन्दै संविधान निमार्णको प्रक्रियाको अवरोध हटाउँन आग्रह समेत गर्नु भएको थियो । दलहरुवीच बढेको तिक्तताले संविधानसभाको गरिमामा आँच पुगेको भन्दै यो नैै अन्तिम समय नभएको भन्दै फेरि सहमतिका साथ अगाडि बढ्न दलहरुसँग आग्रह गर्नु भएको थियो । उस्तै किचलोमा पहिलो संविधान सभा विघटन गरेका दलहरुले दोस्रो संविधान सभाको निर्वाचन पछि बेठक बसेको एक वर्ष विति सक्दा पनि कुनै विषयमा ठोस सहमती निकाल्न सकेका छैन्न । संविधान जारी गर्ने अन्तीमा समय पनि किचलोमा नै विताएका दलहरु अझै पनि आ—आफ्नै अडान कायम राख्ने तयारीमा रहेका छन् ।