लायन्सले बाँड्यो लत्ताकपडा

काठमाडौं- लायन्स क्लब अफ काठमाडौँ ड्रिम्सले नवलपरासि जिल्लाको सुस्तामा लत्ताकपडा वितरण गरेको छ । लायन्स क्लब अफ काठमाडौँ ड्रिम्सले सञ्चालन गरेको न्यानो शाथ अभियान अन्तर्गत गोर्खा एफ.एम लगाएत देशभरका २५ वटा एफ.एम स्टेशनमा सञ्चालन गरेको न्यानो साथ रेडियो कार्यक्रममार्फत लत्ताकपडा जम्मा भएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सुस्तासंगको समन्वयमा भएको उक्त कार्यक्रममा आर्थीक स्थिती कमजोर भएका दुइ सय जनालाइ लत्ताकपडा वितरण गरिएको थियो ।

कार्यक्रममा शसस्त्र प्रहरी बल आउटफोर्स सुस्ताका प्रमुख बिष्णु प्रसाद पौडेल,त्रिबेणी सुस्ता प्रहरीका प्रमुख त्रिलोचन पौडेल,नवलपरासी इट्टा उद्योग  संघका अध्यक्ष कृष्णनारायण श्रेष्ठ,उद्योग बाणीज्य संघका सदस्य अनुरेश जयसवाल,नवलपरासी इट्टा उद्योट संघका सल्लाहकार दिलीप कुमार कार्की,ड्रिम्सका सल्लाहकार धु्रब बस्नेत लगाएतको उपस्थिती रहेको थियो ।
न्यानो शाथ अन्तर्गतको पहिलो कार्यक्रम अन्तर्गतको पहिलो कार्यक्रम लायन्स क्लब अन्तराष्टीय 325 A2 का गभर्नर मधुकर प्रसाद उपाध्यायसंगको अन्तर्वाताबाट लत्ताकपडा संकलन हुन पुगेको ड्रिम्सका भाइस प्रेसीडेन्ट बिष्णु गैरेले जानकारी दिनुभयो ।
लत्ताकपडा एवं राहत कार्यक्रमपश्चात सुस्ता बचाउ अभियानको समुहसंग ड्रिम्सका चार्टर प्रेसीडेन्ट श्रीधर खनालको संयोजकत्वमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।