नयाँ शिराबाट सहमति आवश्यक – माधव नेपाल

माघ ८,काठमाडौं- नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब नयाँ शिराबाट सहमति गर्नुपर्ने समय आएको बताएका छन् । बिहिबार आफ्नो प्रेस मिटको आयोजना गदैृ नेता नेपालले जनताले आजको दिनसम्म ढाँटेपनि अबको केही दिनमा नै संविधान दिनुको बिकल्प नभएकाले अब नयाँ शिराबाट सम्वाद र सहमतिको कोशिस गर्नुपर्ने बताए । तर उनले एमाओवादी नेतृत्वको मोर्चा सहमतिका लागि एक कदम अगाडि बढ्न तयार रहनुपर्ने औँल्याए । उनले थपे अहिल्यै बितिहाल्ने कुरा होइन,तर ‘सहमति गर्न सकियो भने मिलन बिन्दु खोज्न सकिन्छ ।’