दलहरुले झुठको खेती गरे : नागरिक अगुवा

माघ ८,काठमाडौं-  नागरिक समाजका अगुवाहरुले राजनीतिक दलहरुले माघ ८ गतेभित्र संविधान नल्याएर झुठको खेती गरेको बताएका छन् । आज र राजधानीमा आयोजीत कार्यक्रममा बोल्दै उनीहरुले दलहरुले प्रक्रिया र सहमतिको नाममा अनन्तकालसम्म मुलुकलाई अनिर्णयको बन्दी बनाएको भन्दै आलोचना गरे । नागरिक समाजका अगुवा डा। केदारनरसिंह केसी, दिनेश त्रिपाठीलगायतले संविधान लेखन प्रक्रिया तत्काल अघि बढाउनुपर्ने र अब केही समयमा नै संविधान दिनुपर्ने बताए । मुलुकलाई आजको अवस्थासम्म ल्याइपुर्याउन दलहरु कै मुख्य हात रहेको उनीहरुले निष्कर्ष निकालेका छन् ।