संविधानसभामा विपक्षीको नाराबाजी जारी,शीर्ष नेता पनी नाराबाजीमा

माघ ८, काठमाडौं-बिहिबारको  संविधानसभाको बैठक सुरु हुनासाथ आज पनि विपक्षीद्धारा नाराबाजी सुरु भएको छ । जसका कारण आजको बैठक पनि प्रभावित बनेको छ । एमाओवादी नृर्तत्वको मोर्चाका विगतका दिनहरु जस्तै आज पनि सोही कार्यलाई जारी राखेकाले आजको समयसिमा पनि प्रभावित हुने देखिएको छ । रोष्टम घेराउमा एमाओवादी अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराई र मधेसवादी मोर्चाका नेतासमेत सहभागी छन् । विपक्षी दलका सभासदहरुले मंगलबार र बुधबारको बैठकमा जस्तै उभिएर नाराबाजी गरेका छन् भने मर्यादापालकहरुले हाते साङ्लो बनाएर विपक्षी सभासदलाई घेरामा राखेका छन् । यसैबिच नेकपा एमालेका नेता केपी शर्मा ओली संविधानसभा भवनबाट बाहिरीएका छन् । उनी केही समका लागी भन्दै बाहिरीएको स्रोतले जनाएको छ ।