यी लक्षण देखिएमा तपाइ पनि मुटु रोगीमा पर्न सक्नुहुन्छ

काठमाडौँ-पछिल्लो समय विश्वभर मुटु रोगीको संख्या दिनानुदिन बढ्दै गएको छ ।  मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो । त्यसकारण यसप्रति सावधान हुनैपर्छ ।

प्रायः गम्भीर अवस्थामा पुग्नुभन्दा अगाडि नै आफुलाई मुटुरोग रहेको कुरा थाहा पाउन सकिन्छ, केही लक्षणहरुको आधारमा । यदि त्यस्ता लक्षणहरु देखिए र उपचार तर्फ लागियो भने मुटुरोगबाट ज्यान गुमाउनुपर्ने जोखिम घट्ने विज्ञहरु बताउँछन् ।

तर मुटुरोगको प्रारम्भिक अवस्थामा उपचार नगर्ने र रोग छिप्पिँदै गएपछि भने त्यसको उपचार पनि कठीन र बढि महंगो समेत हुन्छ । त्यसरी कतै आफुलाई पनि मुटुरोग पो छ की रु भनेर सचेत बन्नुपर्छ ।

यी लक्षणहरु देखिएमा सचेत हुनुहोस् की तपाइँलाई पनि मुटुको रोग सुरु भैसकेको हुनसक्छ

१) छाति दुख्ने, ढक्क फुल्ने वा भारी हुने-छातिमा बेचैनी हुने वा भारीपन महसुस हुनु हृदयाघातको मुख्य सूचकका रुपमा लिइन्छ । त्यसैले यदि तपाइँलाई यस्तो भैरहन्छ भने त्यसलाई हल्का रुपमा नलिनुस् । तत्कालै अस्पतालमा गएर जँचाइहाल्नुस् ।

२)सास फेर्न कठिनाइ हुने-यदि तपाइँलाई स्वास लिन बल लगाउनु पर्छ वा केही बेर हिँड्दैमा अप्ठेरो भएर गल्नुहुन्छ भने पनि त्यो मुटुरोगको लक्षण हुनसक्छ ।

३) धेरै पसिना आउने- गर्मी महिनामा तथा धेरै परिश्रम गर्दा पसिना आउनु स्वभाविकै हो । तर यदि चिसो याममा तथा बसेको बस्इै पनि पसिना तरतरी आउँछ भने त्यो मुटुरोगको लक्षण हुनसक्छ । त्यसैले तुरुन्तै जँचाइहाल्नुस् ।

४) वाकवाक लागिरहने- नियमित रुपमा वाकवाक लाग्नु पनि हृदयरोगको लक्षण हुनसक्छ । मुटुको धमनी अवरुद्ध भएको कारणले यस्तो भएको हुनसक्छ । वाकवाक लाग्ने, निकै थकाइ तथा कमजोरी महसुस हुने र तनाव महसूस हुने जस्ता लक्षण खतराका सूचक हुनसक्छन् ।

५)हात झझमाउने तथा चेतनावीहिन बन्ने( यदि तपाइँको हात बारम्बार झमझमाउँछ वा चिमोटेको समेत थाहा नपाउने गरि सिथिल हुन्छ भने सचेत बन्नुहोस् । यसो हुनु भनेको मुटुरोग तथा प्यारालाइसिस लगायतको लक्षण हुनसक्छ । एजेन्सीको सहयोगमा