नन्दितासँग विश्व भ्रमणमा जाँदै राजेश हमाल

 काठमाण्डौ-नायक राजेश हमाल,नायिका नन्दिता केसी,गायक हिमाल सागर र यात्रा फाउन्डेसनका रोशन पराजुलीले वर्ल्ड टुर गर्ने भएका छन् । यात्रा फाउन्डेसनले गर्न लागेको कल्चरल टुरमा उनीहरु सहभागी हुन लागेका हुन् । उनीहरुको टुर मार्चबाट सुरु हुनेछ ।

विश्वमा नेपाली कलासँस्कृति प्रस्तुत गर्नुका साथै पर्यटन विकासका लागि वल्र्ड टुरमा सहभागी हुन लागेको नायिका नन्दिता केसीले जानकारी दिइन् । नेपाली कलासंस्कृति तथा मौलिक पहिचानलाई विश्वसामु पुर्‍याएर वर्ल्ड टुरले मदद्त गर्ने नायक राजेश हमालले बताएका छन् ।

टुरमा आफुहरुले नेपाली कला,सस्कृति लगायत विश्वमाझ चिनाउन प्रयास गर्ने हमालले बताए । जेनेभाबाट सुरु हुन लागेको वर्ल्ड टुर उपलब्धि मुलक रहने गायक हिमाल सागरले बताए । नेपालमा पर्यटक भित्र्याउन पनि आफुहरुको वल्र्ड टुरले मद्दत गर्ने गायक सागरले बताएका छन् ।