सुनको भाउ एकै दिन ८ सयले बढ्यो

माघ ८, काठमाडौं-सुनको भाउ बढ्ने क्रम जारी छ । हिजो एकै दिन ८ सय रुपैयाँले बढेको भाउ  तोलाको  ५४ हजार ४ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज पनि मुल्य बढ्न सक्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकोले सुनको भाउ बढेको व्यवसायीले बताएका छन् । गएको भदौपछि सुनको भाउ तोलाको ५४ हजार नाघेको यो पहिलो पटक हो । यस्तै चाँदीको भाउ पनि बुधबार २० रुपैयाँ महँगो भएको छ ।