आज सुरक्षा व्यवस्थामा कडाई गरिने

माघ ८,काठमाडौँ – नयाँ संविधान जारी गर्ने अन्तीम दिन माघ ८ अर्थात आजलाई लक्षित गरी सरकारले मुलुक भरको सुरक्षा व्यवस्थामा कडा पारेको छ । संविधान जारी हुँदा र नहुँदाको अवस्थामा उत्पन्न हुन सक्ने सम्भावित घटनालाई लक्षित गरी सुरक्षा व्यवस्थामा थप कडाई पारएको हो । सुरक्षा स्थीतीलाई नियान्त्रण भन्दा बाहिर जान नदिन राज्यका चार वटै शुरक्षा निकाय विच समन्वयन गरी देशै भरीको मूख्य स्थानहरुमा सुरक्षा कर्मी परिचालन गरीएको गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव लक्ष्मी प्रसाद ढकालले जानकारी दिनु भयो ।

गृहमन्त्रालयमा हप्ता दिन अघि बसेको बैठकमा सेना, प्रहरी, सशत्र प्रहरी र विशेष प्रहरीका उच्च अधिकृत विच उच्च सुरक्षा सतर्कता अपनाईने सहमती भएको थियो । आज जनधनको क्षति हुन नदिने, सर्वसाधरणको आवत जावतमा सहज अवस्था सृजना गर्ने, सडमा टायर जन्य बस्तु जलाउँन नदिने लगायताका हिंसात्मक गतिविधी पुर्णरुपमा नियन्त्रण गर्ने प्रवक्ता ढकालले बताउँनु भएको छ ।