विपक्षिय ३६ दलिय गठबन्धनले आज देशैभर प्रर्दशन गर्दै

माघ ८,काठमाडौँ – विपक्षिय ३६ दलिय गठबन्धनले आज देशै भर प्रर्दशन गर्ने भएका छन् । एमाओवादी र मधेसी सम्मीलीत ३६ दलले जबरजस्ती प्रंश्नावलीका लागी प्रस्तावसमित्ी बनाउँने सत्तापक्षको प्रक्रिया विरुद्ध देशै भर प्रर्दशन गर्ने भएका हुन । आज ७५ वटै जिल्लाको सदरमुकाममा जुलुस, धर्ना र सभा गर्ने निर्णय मोर्चाले गरेको मधेसि जनअधिकार फोरमका अधयक्ष उपेन्द्र यादवले बताउँनु भयो । अहिले विहान संविधानसभामा प्रतिनिधित्व गरेको १९ दलको बैठक बसी संविभान सभाको बैठकमा अझ कडा रुपमा प्रस्तुत हुने पनि मोर्चाले जनाएको छ ।