दलहरु बिचको किचलोका कारण बन्दी बनेको संविधानसभा बैठक आज पनि बस्दै

माघ ८,काठमाडौँ – सत्ता पक्ष र प्रतिपक्षको किचलोका कारण बन्दी बनेको संविधानसभा बैठक आज बस्दैछ । आज विहान ११ बजे बस्ने बैठकमा संविधानका विवादीत अन्र्तवस्तुलाई सभामा पेस गर्न आवश्यक प्रस्ताव तयारीका लागी समिती गठन गर्न सत्ता पक्षले दबाब दिने भएका छन भने प्रति पक्षको यसलाई रोक्ने रणनितीमा रहेको छ । सत्तापक्ष पक्रियामा जाने र विपक्षि सहमतीमा जाने भन्दै दुई धुब्रमा उत्रेका दलहरुले आजको संविधान सभको बैठकमा कस्तो गतिविधी देखाउँने हुन भन्ने सबैको चासोको विषय बनेको छ ।

दुई पक्षको द्धन्द्धका कारण पटक पटक स्थगीत हुदै आएको संविधान सभाको बैठकले आज कुन निर्णय लिन्छ भन्ने पनि हेर्न बाँकी रहेको छ । हिजो पनि २ पटक संविधानसभाको बैठक बसे पनि कुनै निषकर्ष भने हुन सकेको थिएन । हिजोकोे बैठक शोक प्रस्ताव पारित गर्दै आजसम्मका लागि स्थगित भएको थियो । संविधानसभाका पूर्व सदस्य गोपाल सिंह बोहोराको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो ।
शोक प्रस्ताव पारित भएपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने संविधानसभा नियमावलीमा प्रावधान छ । त्यसलगत्तै संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आज बस्ने गरी बैठक स्थगित भएको जानकारी गराउनु भएको थियो । यसअघि विहान बसेको संविधानसभा बैठक एमाओवादी सहित विपक्षी दलका सभासदहरुको नाराबाजीका कारण दिउँसो साढे १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।हिजो दोस्रोपटक बसेको बैठकमा भने विपक्षी दलका सभासदहरुले नाराबाजी भने गरेको थिएन्न ।