माघ ८ को संबिधान हात्ती आयो हात्ती आयो फुस्सा

माघ ८,काठमाडौँ – नेताहरुको प्रतिवद्धता अनुसार आज माघ ८ संविधान जारी गर्ने दिन रहेको छ । नेताहरु प्रतिवद्धता अनुसार सहमतीय संविधान जारीगर्ने दिन भए पनि नयाँ संविधान जारी हुने कुनै पनि छाँटकाँट देखिएको छैन् । संविधान सभाको पहिलो बैठक बसेको आज एक वर्ष पुरा भएको छ । एक वर्ष सम्म संविधानका मुख्य विवादीत विषयमा सहमती निकाली संविधान जारी गर्ने बताउँदै आएका दलहरु संविधान जारी गर्ने समय नजिकीदै जाँदा संविधान सभा बैठक नै अवरुद्ध पार्दै उल्टै द्धन्द्धमा उत्रिएका छन् । दलह्ररुको चुनावि घोषणा पत्र र संविधान सभाले पारित गरेको कार्यतालिका अनुसार आज नयाँ संविधान पाउँने जनताको आशा निराशमा परिणत भएको छ ।

दलहरु विच सोमबार मध्यरातबाट सुरु भएको सहमती वा प्रक्रियाको द्धन्द्धले थप जटिल्ता थपेको छ । दलहरु विचको मुडभेडको यो अवस्था तत्काल साम्य हुने सम्भावना पनि न्युन रहेको छ । प्रश्नावली समिती गठन गरेरै छाड्ने कांग्रेस एमालेको रणनिती रहेको छ भने गठन हुन कुनै पनि हालनतमा नदिने एमाओवादी सम्मीलीत मोर्चाको रणनिती रहेको छ ।