राष्ट्रिय लिग फुटबल शुरु, आज मनाङ र सुदूर पश्चिमाञ्चल भिड्ने

माघ ७,काठमाडौँ-राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजदेखि शुरु हुदैछ । दशरथ रंगशाला दिउसो हुने उद्घाटन खेलमा मनाङ मस्र्याङदी र सुदूर पश्चिमाञ्चल फुटबल क्लब भिड्दैछन् । प्रतियोगितामा ९ टिमले भाग लिएका छन् । मनाङ मस्र्याङदी, थ्री स्टार, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ, नेपाल आर्मी, झापा ११, मोरङ फुटबल क्लव, लुम्बिनी फुटबल क्लव र सुदुरपश्चिमाञ्चल फुटबल क्लवले भाग लिएका हुन् ।

खेलहरु दशरथ रंगशाला, हल्चोक मैदान, सैनिक शारीरिक सुसंगठन तथा तालिम विभाग, बिर्तामोड, विराटनगर, बुटवल र धनगढीमा हुने छन् । प्रतियोगिताको बिजेता टिमले एक करोड पुरस्कार पाउने एन्फाले जनाएको छ । उपबिजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख पाउनेछन् ।