बन्दकाले राजस्व र औद्योगिक क्षेत्रमा करोडौंको घाटा

माघ ७,काठमाडौँ-एमाओवादी नेतृत्वको मोर्चाले गरेको बन्दका कारण राजस्व असुली र औद्योगिक क्षेत्रमा करोडौंको नोक्सान पुगेको छ । बन्दले वीरगन्ज भन्सार कार्यालयलाई करिब २५ करोड घाटा भएको प्रवक्ता गोपाल खत्रीले बताए ।  बन्द नभएका दिनमा विरगन्ज भन्सारमा औसतमा दैनिक २८ करोड रुपैयाँ राजस्व हुने गरेको छ । यस्तै, भैरहवा–लुम्बिनी करिडोर र बुटवल औद्योगिक क्षेत्रका उद्योग, कलकारखाना बन्द हुँदा हिजो एकै दिन १५ करोड घाटा भएको नेपाल उद्योग वाणिज्य संघ रुपन्देहीले जनाएको छ । उद्योग, कलकारखाना एक दिन बन्द हुँदा दुई अर्ब नोक्सानी हुने भएकाले बन्द, हड्तालको कार्यक्रम नगर्न व्यवसायीहरुको माग छ ।