माओवादीको ३ दिने धर्ना आजबाट सुरु

माघ ७, काठमाडौं-एमाओवादी नेतृत्वको गठबन्धनले सहमतीय प्रक्रियाबाट नयाँ संविधान जारी गर्न माग गर्दै आजबाट ३ दिने धर्ना गर्ने भएको छ । गठबन्धनले आज काठमाडौंको बिजुलीबजार पुलमा विहान ११ बजेदेखि धर्ना दिँदै छ । धर्नाको कार्यक्रम तीन दिनसम्म जारी रहने छ । जनपक्षीय संविधान बनाउन नचाहनेहरु विरुद्ध आज, भोली र पर्सि लगातार धर्ना दिने गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । सहमतिमा नयाँ संविधान जारी गर्न माग गर्दै एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, पद्मरत्न तुलाधर नेतृत्वको जनजाति आन्दोलन समिति र बिभिन्न जातीय मोर्चाहरुले संयुक्तरुपमा सडक आन्दोलन गर्दै आएका छन् ।