संविधानसभामा अब त्यस्तो हुँदैन : बाबुराम

माघ ७, काठमाडौं -संविधानसभामा एमाओवादीले गरेको तोडफोडका विषयमा आत्मआलोचना गर्दै माफी मागेको छ । बुधबार राजधानीमा आयोजना गरिएको पत्रिकार सम्मेलनमा बोल्दै नेता बाबुरामले भने सुनियोजीत तरिकाले गरिएको तोडफोड हैन र आइन्दा संविधानसभा भवन भित्र त्यस्तो किसमको गतिबिधी हुने छैन ।

नेता भट्राइले सोमबार राती घटेको घटनाले आफुलाई पनि दुखी बनाएको बताएका छन् । बाबुरामले भनेका छन् ‘संविधानसभामा कुर्सी तोडफोर्डको जुन घटना भयो त्यो उपयुक्त थिएन, अब त्यस्तो कमजोरी दोहोरिन दिने छैनैँ भनेर सार्वजनिक रुपमा नै माफी मागेका छन् ।

भट्टराईले ‘बन्दका बेला सञ्चारकर्मी माथि भएको आक्रमणप्रति पनि आत्मालोचना गर्दछौं ।’ पनि  भनेका छन् । आम जनता प्रेस र अन्र्तराष्टिय जगतका नजरबाट गिरेको महसुस गर्दै माओवादीले यस्तो कदम चालेको हो  ।