डिभिजन टुको चोथो खेलमा आज नेपालले आयोजक नामेवियासंग प्रतिष्पर्धा गर्दै

माघ ७,काठमाडौं- विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत तिन खेल खेलेकोमा दुई खेल मा जित निकालेको नेपालले आज आयोजक नामेविया संग प्रतिष्पर्धा गर्दै छ । तिन खेल खेलेकोमा तिनै खेलमा जित निकालेर खेल तालिकाको शिर्ष स्थानमा रहेको आयोजक नामेविया नेपालका लागी बलियो प्रतिद्धन्दी रहेको छ । हिजो क्यानाडा लाई सात विकेटले हराएर सानदार जित निकालेको नेपाल उच्च मनोवालका साथ मैदानमा उत्रिदै छ । हिजोको खेलमा नेपाली टोलीले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । बलिङतर्फ राष्ट्रिय टोलीमा डेब्यु गरेका करण केसीले ५ विकेट लिए भने व्याटिङतर्फ कप्तान पासर खड्काले ११ चौका र ३ छक्का प्रहार गर्दै ७८ बलमा ७७ रन जोडेर नेपाललाई सहज जीत दिलाए ।