संविधानसभाको बैठक आज पनि बस्दै

माघ ७,काठमाडौं- सत्तापक्ष र प्रतिपक्ष दल विच असहमतीको कारण उत्तपन्न भएको द्धन्द्धका कारण अवरुद्ध बन्दै गएको संविधान सभाको बैठक आजका लागी पनि बोलाइएको छ । एमाओवादी नेतृत्वको विपक्षी दलका सभासदहरुले अवरोधका कारण संविधानसभाको बैठक बस्न नसके पछि आज बोलाइएको हो । बैकठको कार्य सुचीमा संविधानका विवादीत अन्र्तवस्तुलाई सभामा निर्णायार्थ पेस गर्न आवश्यक प्रस्ताव तयारीका लागी प्रस्ताव समिती गठन गर्ने उल्ख रहेको छ । विपक्षी सभासदहरुले डेढघण्टा भन्दाबढी समय नाराबाजी गर्दै बैठक अवरुद्ध गरे पछि विषय बस्तु माथि छलफल सुरुहुन सकेको छैन ।

तेकीएको समय भन्दा ढिलो शुरु भएको बैठकमा हिजो विपक्षी सभासदहरुले रोष्टम अगाडि गएर नाराबाजी गरेका थिए । सत्तारुढ दलका सभासदहरु आफ्नै सिटमा बसेर बैठकको अवरोध हरिरहका थिए भने विपक्षी १९ दलका सभासद्हरु सबै रोष्टम घेराउमा पुगेका थिए । संविधानसभा अध्यक्ष सुभाष नेम्बाङ आफ्नै सिटमा बसेर डेढ घण्टासम्म विपक्षी सभासद्हरुको विरोध प्रदेर्शन हेरिरहनु भएको थियो । संविधान बैठक स्थगित भएपछि विपक्षी मोर्चाका नेताहरुले सहमतिको प्रक्रिया शुरु नभएसम्म अवरोध जारी रहने प्रतिक्रिया दिएका छन् ।
यसैवीच विपक्षी दलका सभासद्हरुले संविधानसभामा तोडफोड गरेपछि आज संविधनसभा भवन बाहिर र भित्र कडा सुरक्षा व्यवस्था कायम गरिएको छ । बैठक हलमा आज पनि सुरक्षा व्यवस्था कडा पारिएको हो ।