एमाओवादीले पत्रकार सम्मेलन गर्दै

माघ ७,काठमाडौं -एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईले आज बिहान पत्रकारसँग विशेषष भेटवार्ता गर्दैछन् । सोमबार राती संविधानसभामा भएको तोडफोड र आक्रमण तथा मंगलबार पनि संविधानसभा बैठकमा नाराबाजी भएपछि दुई शीर्ष नेताले पत्रकारसँग भेटवार्ता गर्न लागेका हुन् ।

एमाओवादीका सभासदले संविधानसभामा गरेको तोडफोड र आक्रमणको सर्वत्र निन्दा भएको छ । यस्तै बन्दको पनि बिरोध भैरहेको छ । बहुमतीय प्रक्रिया सुरु गर्ने तयारी नरोकिँदासम्म संविधानसभामा अवरोध गर्न नछाड्ने बताइरहेका एमाओवादी नेताहरुले आफ्नो त्यही कुरा प्रष्ट्याउने प्रयासमा पत्रकारसँग भेटवार्ता गर्न लाग्न’ भएको हो ।